पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु

पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास। गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय  हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिए।

पहिरोले पुरिँदा दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र २३ वर्षीया मुना बिक घाइते भएका छन्। उनिहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको प्रहरी निरीक्षक केशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।