वायनाड पहिरो: १ सय ५१ जनाको मृत्यु, २२० जना बेपत्ता

वायनाड पहिरो: १ सय ५१ जनाको मृत्यु, २२० जना बेपत्ता

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। केरलको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ। १३१ जना अस्पतालमा छन् भने २२० जना बेपत्ता भएका छन्।

सोमबार बिहान २ र ४ बजे मुण्डक्कै, चुरलमला, अट्टामाला र नूलपुझा गाउँमा पहिरो खसेको हो। घर, पुल, सडक र सवारी साधनहरु बगेका छन्। 

सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई पुनःस्थापना केन्द्रमा पठाइएको छ।

उद्धारको आज दोस्रो दिन हो। मौसम विभागले आज पनि वायनाडसहित ५ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको छ। यसले उद्धार कार्यमा समस्या आउन सक्छ।