केरलाको वायनाडमा पहिरो, ४१ जनाको मृत्यु

केरलाको वायनाडमा पहिरो, ४१ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ। यसबाट ४ वटा गाउँ डुबानमा परेका छन्। घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन्। अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ। ७० अस्पतालमा छन् भने ४०० भन्दा बढी व्यक्ति बेपत्ता रिपोर्ट गरिएको छ। घटना राति २ बजेको हो।

उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन्। कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ। यसमा मेडिकल टिम पनि सामेल छ। यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन्।

वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ। पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो। ५ जना अहिलेसम्म फेला परेका छैनन्। ५२ घर ध्वस्त भएका छन्।

वायनाड बाहेक, मौसम विभागले आज कोझिकोड, मलाप्पुरम र कासारगोडमा पनि वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अर्थात् आज पनि यहाँ भारी वर्षाको सम्भावना छ। जसका कारण उद्धार कार्यमा समस्या आउन सक्छ।