पोखरामा स्कुल बस दुर्घटना हुँदा २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा २९ जना घाइते

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखनाथ। पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ। स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन्। पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो।

ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ। बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए। घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ। 

बसकी कर्मचारी एक महिलाको मृत्यु भएको छ भने केही विद्यार्थीको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिए।