काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन्। स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन्। साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए। गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी…