सुनको मूल्यमा वृद्धि

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज एकैदिन बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको आज तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँकारोबार सुरु भएको छ ।महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो…