अछाम। मोटरसाइकलले ठक्कर दिँदा अछाममा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । कमलबजार नगरपालिका–१ मोटरकाट्या स्थानमा मोटरसाइकलले ठक्कर दिँदा कमलबजार नगरपालिका वडा न–१ मुलीकी ७२ वर्षीया मैसरा ढकालको मृत्यु भएको हो । कमलबजार–तुर्माखाँद सडकखण्डमा कमलबजारबाट तुर्माखाँदतर्फ जाँदै गरेको सुपप्र ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ढकाललाई ठक्कर दिएको थियो । ढकालले बाटो मोटरसाइकल गइरहेको बेलामा ढकालले…