काठमाडौँ। बंगलादेशमा हजारौं विद्यार्थी आरक्षण खारेजीको माग गर्दै सडकमा उत्रिएका छन्। यो प्रदर्शनले अहिले हिंसात्मक रुप लिएको छ। प्रहरीसँगको झडपमा ६ जनाको मृत्यु भएको छ। सोही क्रममा ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ। बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार राजधानी ढाकामा बुधबार साँझ प्रदर्शनका क्रममा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच भएको हिंसात्मक झडपमा एक बालकसहित…