लेखनाथ। मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सोमबार नेकपा (एमाले)बाट चार मन्त्री थपिएपछि नौ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डे गएको जेठ १६ गते सर्वाेच्च अदालतको परमादेश बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। पाण्डेलाई अहिले गण्डकी प्रदेश सभाका ८८ प्रतिशत सदस्यको समर्थन छ। ६०…