जनकपुरधाम। मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन्। मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन्। बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए।…