काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै छन्। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन्। राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी…