उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेली

काठमाडौँ। धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो। उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन्। फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो। कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिई कुवेत पठाइदिने प्रलोभन देखाए। घरको आर्थिक अवस्था कमजोर भएकी उर्मिलाले कुवेत…