ओली देउवा सरकारको मुख्य उद्देश्य भ्रष्टाचारका ठूला काण्ड दबाउनुमात्रै हो : राप्रपा

कमल थापा नेतृत्वको राप्रपा नेपालले कांग्रेस-एमाले गठबन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा नबनेको निष्कर्ष निकालेको छ। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यक्रमबारे बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको निष्कर्ष निकालेको हो । संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैंमा विडम्बनापूर्ण भएको पार्टीको धारणा…