क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे ।…