जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता

टोकियो। जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन्।  सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीपसमूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएकोे थियो। अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा उनीहरूको वेपत्ता भएका हुन्।…