उदयपुर (गाईघाट)। जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ। निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्यवृद्धि भएको स्थानीय व्यापारी बताउँछन्। ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन्। त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता…