मुग्लिन (चितवन)। चितवनको इच्छाकामना गाउँपालिका–२ डाँडागाउँमा प्रत्येक घरको आगमनै धारा छ। तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन्। एक घर–एक धारा अभियान अन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से–भोर्ले–डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका…