पोर्ट–आउ–प्रिन्स। हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले जनाएको छ। लामो समयदेखि गिरोह हिंसाबाट ग्रस्त रहेको हाइटीमा हालैका महिनामा हिंसा तीव्र हुँदै गइरहेको छ जसले देशको मानवीय, सुरक्षा र राजनीतिक सङ्कटलाई अझ बढाएको छ। एएफपीलाई प्रदान गरिएको आंशिक जानकारी…