काठमाडौँ। साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ। खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपाल दोस्रो खेलमा मालदिभ्सलाई ११-० ले पराजित गरेको थियो। आज समूह चरणको तेस्रो खेल जित्दै नेपाल अन्तिम चारमा पुग्ने दाउमा छ।