अमेरिकाका ३ जङ्गलमा आगलागी

अमेरिकाका ३ जङ्गलमा आगलागी

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन। अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ। सीएनएनका अनुसार आगो पहिले प्यासिफिक पालिसेड्स, ईटन र हर्स्टको जंगलमा लागेको थियो र त्यसपछि अहिले आवासीय क्षेत्रमा पनि फैलिएको छ।प्यासिफिक प्यालिसेडमा बिहान १० बजे, ईटनमा साँझ ६ बजे र हर्स्टमा राति १० बजे आगलागी भएको थियो।

प्यासिफिक पालिसेड्सले सबैभन्दा बढी क्षति बेहोरेको छ। यहाँको आगलागी डेढ दिनमा तीन हजार एकड जमिनमा फैलिएको छ। आगलागीका कारण ३० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। रिपोर्टका अनुसार प्यासिफिक पालिसेड्समा भएको यो आगलागीले एक मिनेटमा पाँच फुटबल मैदान बराबरको क्षेत्र जलाएर खरानी बनाइदिएको छ।

लस एन्जलस प्रशासनले सम्पूर्ण शहरमा आपतकाल घोषणा गरेको छ। यो अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो। यहाँ १ करोड मानिस बस्छन्। जंगलमा फैलिएको आगोका कारण यहाँका करिब ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ।

क्यालिफोर्निया प्रशासनले सर्वसाधारणलाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ।