एनपिएल: कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

एनपिएल: कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा जितका लागि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई एक सय १९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनायो।

कर्णालीका लागि गुलशन झाले २५ रन बनाए। यस्तै ओपनर देश खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२(१२ तथा चादविक वाल्टनले ११ रन बनाए।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिए। हर्ष थाकर र शेर मल्लले एक एक विकेट झारे।

फाइनल प्रवेशका लागि दुवै टोलीका लागि यस खेल निकै महत्वपूर्ण छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि पाएको यो दोस्रो अवसर हो।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। सुदूरपश्चिमले फाइनलमा स्थान बनाइसकेको छ। आजको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।

पराजित टोली तेस्रो बन्दै बाहिरिनेछ। यसअघि लिगचरणको खेलमा कर्णाली जनकपुरसँग आठ विकेटले पराजित भएको थियो।