काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो।
जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। यस्तै शुभ कंशाकरले २६, ओपनर लाहिरु मिलान्था र हर्ष थाकरले १२/१२ र कप्तान आशिफ शेख र अरनिको यादवले ११/११ रन बनाए।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए। सईफ जैवले दुई तथा स्कट कग्लेजिन र अविनाश बोहराले एक एक विकेट लिए।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिमको ब्याटिङ र बलिङ लयमा छ।
यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ। जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसात् गरेको थियो।
सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले आजको यस खेल निकै महत्वपूर्ण रहेको छ।
यस्तै आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराएर दोसो क्वालिफायरमा स्थान बनाएको छ। पराजित चितवन चौथो बन्दै बाहिरिएको छ।
प्रतिक्रिया