एनपिएल: कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य

एनपिएल: कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनायो।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए। यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११/११ रन बनाए।

बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिए।

आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ। प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ।

यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ। यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ।