काठमाडौँ। प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो।
जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। एनपीएलमा विराटनगरको यो दोस्रो जित हो।
विराटनगरले दिएको १८२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १३० रन बनायो।
चितवनका लागि अमर रौतेलाले ४२ रन जोडे। सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए। कप्तान कुशल मल्लले २५ रन बनाए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो।
विराटनगरका लागि बासिर अहमदले ६८ रन जोडे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
ओपनर मार्टिन गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए। राजेश पुलामीमगरले ३३ रन बनाए। उनले १ चौका र ३ छक्का प्रहार गरे।
चितवनका लागि रिजन ढकालले दुई तथा कप्तान कुशल मल्ल, सोहेल तानबिर र बासिल अहमदले एकरएक विकेट लिएका छन्।
अङ्कतालिकामा चितवन ६ अङ्कसहित चौथो स्थानमा रहेको छ। विराटनगरले ४ अङ्कसहित प्ले अफमा पुग्ने झिनो सम्भावना राखेको छ।
प्रतिक्रिया