एनपीएल: काठमाडौँलाई हराउँदै जनकपुर प्ले अफमा

एनपीएल: काठमाडौँलाई हराउँदै जनकपुर प्ले अफमा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुगेको छ। जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो। जितसँगै ६ खेलबाट १० अङ्क बनाएको जनकपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको पाँच खेलबाट आठ अङ्क छ। जनकपुरसँग पराजित काठमाडौँको पाँच खेलबाट चार अङ्क छ। काठमाडौँको प्ले अफ पुग्ने सम्भावना कायम छ।

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पाएको जनकपुरले १५.५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन जोड्दै लक्ष्य भेट्टाएको हो। जनकपुरका लागि जेम्स निसमले २७ रन बनाए। यस्तै हर्ष थाकरले अविजित २५, ओपनर लाहिरु मिलान्थाले १६, मोहमद मोसिनले अविजित अविजित १३ र कप्तान अनिल शाहले ११ रन बनाए।

बलिङमा काठमाडौँका करण केसीले दुई तथा शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले एक एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरका सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो। काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाए। कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाए।

काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले तीन तीन विकेट लिए। मोहमद मोसिमले दुई तथा किशोर महतो र अरनिको यादवले एक एक विकेट झारे। जनकपुरले अब लिगको अन्तिम खेल शनिबार चितवन राइनोजसँग खेल्नेछ।

यस्तै काठमाडौँले पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि बिहीबार नै भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गरेको थियो।