काठमाडौँ। काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय चार रनको समान्य लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो। काठमाडौँका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए।
डन डथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए। बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए। यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिए।
प्रतिक्रिया