काठमाडौँ। सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो। कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६, ०.७६, र ०.१५ प्रतिशतले वृद्धि भए। तर बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६, र व्यापार समूह १.३० प्रतिशतले घटेका छन।
इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले वृद्धि भयो। त्यस्तै, महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले वृद्धि भएको छ। विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, र सुपरमाइ हाइड्रोपावरको ३.८प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन्।
प्रतिक्रिया