एनपीएल: सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित

एनपीएल: सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो। चार खेलमा चितवनको यो तेस्राे जित हो। सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ।

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३१ रन बनायो।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। यस्तै ओपनर सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०/१० रन बनाए।

बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई दुई विकेट लिए। रन्जित कुमारले एक विकेट झारे।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो। चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले।

उनले ५२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन्। यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन बनाए।

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

चार खेलमा पहिलो हार खेपेको सुदूरपश्चिमको ६ अङ्क छ। समान खेलमा तेस्रो जित निकालेको चितवनले पनि ६ अङ्क बनाएको छ।