एनपीएल: जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

एनपीएल: जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ३७ रनको मध्यम लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन बनायो।

जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाए। उनले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन्।

यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिए। उनले पुरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिएका हुन्। कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए।

लिगको चौथो खेल खेलिरहेका दुवै टोली जित निकाल्ने लक्ष्यमा छन्। अघिल्ला तीन खेलमा अपराजित जनकपुर जितको लय जारी राख्ने अभियानमा छ।

जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो।

यस्तै अघिल्ला तीन खेल गुमाएको लुम्बिनी पहिलो जितको खोलीमा छ। लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो।