एनपीएल: सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

एनपीएल: सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ।

बिहीबार टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन लिएको हो।

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए। जेहार्डको बलमा मक्मलेन आउट भए। मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे।

काठमाडौँले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जित हासिल गरेको थियो भने सुदूरपश्चिम पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको थियो। काठमाडौँ गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपपश्चिम रोयल्सको कप्तान दिपेन्द्र सिंह ऐर रहेका छन्।