जनकपुरको लगातार तेस्रो जित

जनकपुरको लगातार तेस्रो जित

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो।

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो।

जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो।

जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए। लयमा रहेका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएका हुन्।

यस्तै जेम्स निसमले अविजित ४० रन बनाए। उनले २० बलमा ६ छक्काको सहयोगमा उक्त रन बनाएका हुन्। आशिफ शेखले ३३ र हर्ष थाकेरले अविजित १३ रन बनाए। बलिङमा पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो।

पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए। यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए।

२५ बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए। जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए। आजै हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ।