काठमाडौँ। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो।
पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए। यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलीप नाथले ११ र दिनेश खरेलले १० रन बनाए।
ले २५ बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए। जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए। पाेखराको यो दोस्रो खेल हो।
पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो। यता तेस्रो खेल खेलिरहेको जनकपुर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ।
यसअछि जनकपुर दुवै खेलमा विजयी भएको थियो। आजै हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया