सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ। सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ। 

मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपियाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्यमा १० रुपियाँले वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपियाँमा कारोबारो भएको महासंघले जनाएको छ।

मङ्गलबार चाँदी प्रतितोला १८ सय २० रूपियाँमा कारोबार भएको थियो।