काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ।
शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ। शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ।
प्रतिक्रिया