तनहुँ। जाडो मौसम सुरु भएपनि तनहुँमा डेंगु सङ्क्रमण कायमै छ। डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिरहेको छ। जिल्लामा पाँच हजारभन्दा बढीमा डेंगुकाे सङक्रमण पुष्टी भइसकेको छ।
डेंगुबाट सहरी क्षेत्र बढी प्रभावित भएको छ। डेंगुको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषले भदौमा ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
चालु आर्थिक वर्षमा हाल सम्ममा जिल्लामा पाँच हजार एक सय ८० मानिसमा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए। सङ्क्रमण बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सबैभन्दा धेरै व्यास नगर पालिकामा सङ्क्रमण फैलिएको छ।
व्यासमा दुई हजार ४५ जनामा सङ्क्रमण भएको छ। त्यसपछि आँबुखैरेनी गाउँ पालिकामा धेरै विरामीमा छन्। आँबुमा एक हजार सात सय ३७ जना बिरामी भएका छन्। शुक्लागण्डकी नगरपालिकामा आठ सय ७९ जना बिरामी भएका छन्।
बन्दीपुर गाउँपालिकामा एक सय ८९ जना र भिमाद नगरपालिकामा ९८ जनामा सङ्क्रमण भएको छ। भानु नगरपालिकामा ४८, म्याग्दे गाउँपालिकामा ४५ जनामा सङ्क्रमण भएको छ। ऋषिङ गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा छ, देवघाट गाउँपालिका ८९ जनामा सङ्क्रमण भएको छ।
अन्य जिल्ला घर भइ तनहुँमा बसोबास गर्ने ३० जनामा सङ्क्रमण भएको छ।
प्रतिक्रिया