चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरू उठाइएको छ। सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चलचित्रबारे जानकारी गराइएको थियो।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले समाजमा बोक्सी छैन भन्ने सन्देश दिएको छ। बोक्सीका नाममा अझै पनि महिलामाथि हिंसा भइरहेकाले बोक्सीको नाममा महिलामाथि हिंसा हुन नहुने सन्देश चलचित्रले दिएको छ।

फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरूले फिल्म बनाएको बताए। कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताए। निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसाबले नबनाएको जानकारी दिए।

चलचित्रमा प्रकाश घिमिरे, प्रमीला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ। लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन छ।