सिरियामा इजरायलको हवाई हमला, १५ जनाको मृत्यु

सिरियामा इजरायलको हवाई हमला, १५ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। बिहीबार इजरायलले सिरियाको राजधानी दमास्कस र नजिकैको क्षेत्रमा हवाई आक्रमण गरेको थियो। जसमा १५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। सिरियाली सरकारी एजेन्सी सानाले यो जानकारी दिएको हो।

दमास्कसको माजेह क्षेत्र र कुदसाया उपनगरमा दुईवटा भवनमा आक्रमण भएको थियो। क्षेप्यास्त्रबाट मजेहमा रहेको पाँच तले भवनको बेसमेन्टमा नराम्ररी क्षति पुगेको छ।

इजरायली सेनाले इस्लामिक जिहाद संगठनका स्थानहरूलाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार यो संगठन हमाससँग मिलेर अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा संलग्न रहेको थियो, जसमा १,२०० भन्दा बढी इजरायली नागरिक मारिएका थिए र २५० जनालाई बन्धक बनाएका थिए।

लेबनानमा पनि इजरायली हवाई आक्रमणमा ३ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ४४ जना घाइते भएका छन्। इजरायली सेनाले गत हप्ता लेबनानमा ३०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ।