घनश्याम गौतमको माैलिक देउसी-भैलो गीत सार्वजनीक (भिडियो सहित)

घनश्याम गौतमको माैलिक देउसी-भैलो गीत सार्वजनीक (भिडियो सहित)

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं

तिहारको अवसर पारेर हास्य कलाकार घनश्याम गाैतमले माैलिक साँस्कृतिक देउसी-भैली गीत दर्शक ल्याएका छन् ।

हास्य अभिनेता गौतमले साहित्य कलाकार समाजद्वारा आयाेजित देउसी-भैलोको रमाइलो भिडियो दर्शकमाझ ल्याएका हुन् ।

देउसी-भैली गीतमा भ्रष्टचार र महँगीकाे विषयमा गीत बनाइएकाे छ । यो गीत गौतम आफैले लेखेका हुन् भने यसलाई खगेन्द्र गुरागाई र घनश्याम गाैतमले गाएका छन् ।

माैलिक देउसी भैली गीत लाेप हुँदै गइरहेका बेला यसरी ५ वर्षदेखि ८० वर्षसम्मकाे देउसी टाेलीकाे सहभागिता रहेकाे छ । रेडियोकर्मी तथा कलाकार शिराेमणि दवाडी, हास्य कलाकार घनश्याम गाैतम, कलाकार नमस्ते दिवाकर घिमिरे, खगेन्द्र गुरागाईँले भट्याएकाे देउसी- भैलीमा करिव ४० जना कलाकारकाे सहभागिता रहेकाे छ ।

वरिष्ठ रङ्गकर्मी तथा रङ्गमन्चका धराेहर हरि बहादुर थापाकाे घरमा खेलिएकाे देउसी-भैलीमा रङ्गकर्मी थापाकाे दम्पतीकाे समेत अभिनय रहेकाे छ । यसअघि तीजकाे माैलिक गीतसमेत गाईसकेका कलाकार घनश्याम गाैतम क्यान्सरसँग लडिरहेका छन् तर उनकाे सिर्जना भने निरन्तर बजारमा आइ रहेका छन् ।

देउसी-भैली कार्यक्रममा डम्बर घिमिरे, पशुपति दँगाल, सामना सिटाैला, युगज्याेति क्रियाशिल, आइ पि आचार्य, नमस्ते दिवाकर घिमिरे, खगेन्द्र गुरागाईँ , गाेविन्द निराैला, सुरेश तिमल्सिना, राजु तिमल्सिना, कृष्ण पाैडेल,समीक्षा पाैडेल, बिजेश बेकाेजु, बिष्णु राेक्का,सन्जिब थापा, पुनम थापा, तिलक लामिछाने, रमेश कडेल, शँकर काफ्ले, अजिता अर्याल काफ्ले, स्वस्तिका खड्का, विजया दाहाल, पवन कुमार पाैडेल, राधादेवी पाैडेल, अमृत बहादुर बुढाथाेकी, धन बहादुर तिमल्सिना, किसन बराल, जानुका बुढाथाेकी, ईन्द्र कुमार तण्डुकार, कमला पुजारी, मिठु थापा, मदन बस्नेत, ईश्वरी तिमल्सिना, उक्त आले, मन्जु थापा, गाैरी पाण्डे, बिन्दा उप्रेती, जानुका बुढाथाेकी, ईन्द्रा कुमारी तन्डुकार, अनिता थापा मगर, ईन्दु थापा, कृष्ण भक्त ख्याजु, रुपा तुलाधरका साथमा बाल कलाकारहरू
सान्भी चुडाल, साैगात चुडाल, परिभाषा थापा, प्रस्ताव थापा, प्रमिस कँडेल, स्रग्वी ढुङ्गेल आदिले अभिनय गरेका छन् ।

घनश्याम गाैतमको परिकल्पन तथा निर्देशनमा बनेको‌ भिडियोमार्फत विशेष अतिथि कलाकार
हरि बहादुर थापा (घर भेटी बा) तथा मिठु थापा ( घरभेटी आमा) को रूपमा दर्शकमाझ आएका छ्न् ।

भीडीयोको छायाङकन र सम्पादन 360films को रहेको छ । नमस्ते दिवाकर घिमिरे यसका
मुख्य सहायक निर्देशक हुन् ।