काठमाडौँ। आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ।
क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५ बजे खेल सुरु हुनेछ। २४ तारिखसम्म सञ्चालन हुने एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन्।
पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो। नेपालले क्यानडासँग पहिलो पटक हार खेपेको हो। नेपाललाई लिग–२ मा लय समाउन ओमानलाई हराउनु पर्ने चुनौती छ।
यसअघि दुई टोलीबिच ६ पटक प्रतिस्पर्धा हुँदा ओमानले चार र नेपालले दुई खेल जितेको छ। क्यानडामा नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको छ।
पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो। सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ। नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ।
नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो। क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ।
क्यानडापछि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ। यस सिरिजमा आयोजम नेपाल र स्कटल्यान्ड छ।
प्रतिक्रिया