लेबनानमा पेजर विस्फोटमा ११ जनाको मृत्यु, ३ हजार घाइते

लेबनानमा पेजर विस्फोटमा ११ जनाको मृत्यु, ३ हजार घाइते

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मंगलबार दिउँसो लेबनानमा हिजबुल्लाहका सदस्यहरूको पेजर (सञ्चार उपकरणहरू) मा धेरै श्रृंखलाबद्ध विस्फोटहरू भएका थिए। टाइम्स अफ इजरायलका अनुसार विस्फोटमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ हिजबुल्लाह सदस्य र १ बालिका रहेका छन्।

यस हमलामा तीन हजारभन्दा बढी घाइते भएका छन्। टाइम्स अफ इजरायलले यसअघि ४ हजार मानिस घाइते भएको जानकारी दिएको थियो। अब यसलाई परिमार्जन गरिएको छ।

घाइते हुनेमा लेबनानका लागि इरानका राजदूत पनि छन्। यो घटनाको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ। हिजबुल्लाहले पनि आक्रमणको लागि ‘शत्रु’ इजरायल जिम्मेवार रहेको बताएको छ।

यस विषयमा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको छ। विस्फोट हुनुअघि मानिसको पाइन्टको खल्तीबाट धुवाँ निस्किरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो। यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याड संग आउँछ। यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ।