वि. सं २०८१ भाद्र २७ गते विहिबारको राशिफल । दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ भाद्र २७ गते विहिबारको राशिफल । दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं २०८१ भाद्र २७ गते विहिबारको राशिफल । पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रतिकुल दिन। व्यर्थको यात्रा गराउला। धन हानी ।स्वास्थ्यको ख्याल गर्नुहोला। मातापिता एवं मान्यजनको आशिर्वादले काम बन्ला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
स्त्री सुख प्राप्ती होला। नयाँ प्रेम बस्न सक्छ। व्यापारबाट धनलाभ होला। सन्तान सुख मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
कार्य सिद्धि होला। मान सम्मन मिल्ला।विशिष्ट महानुभावबाट मार्ग निर्देशन मिल्ला। मान सम्मान एवं विदेश यात्रा होला। सन्तान सुख मिल्ला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मानसिक असान्तिका विच दिन वित्नेछ।शत्रुहरुले खर्छ गराउन सक्छ्न।व्यपारमा राम्रो मुनाफा नहोला। पारिवारिक सहयोगमा काम बन्नेछ । कुलदेवीको स्मरण पुर्वक कार्य आरम्भ गरे फाइदा होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ।ॐ गं गणपतये नम: यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला काम बन्नेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
प्रगतिशील समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा प्रसासनको हस्तक्षेप हुनसक्छ।पारिवारिक स्वास्थ्य समस्या हुनालेखिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
नमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।स्वगृहि मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।