वि. सं २०८१ भाद्र २६ गते बुधबारको राशिफल । दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ भाद्र २६ गते बुधबारको राशिफल । दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं २०८१ भाद्र २६ गते बुधबारको राशिफल । पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
समय राम्रो।दाम्पत्य प्रेम । सहकार्यमा कार्य सिद्धि । स्वास्थ्य लाभ।व्यापारबाट अर्थलाभ। मनोरञ्जनात्मक यात्राको योग परेको छ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
बहुआयामिक क्षेत्रबाट आय आर्जन हुनेछ। भाग्यले साथ दिनेछ। खेलकुद प्रशासन सैन्य तथा भुगर्भ सम्बन्धि क्षेत्र फलिभुत हुनेछन् ।पुर्व निर्धारित यात्रा स्थगित गर्नुपर्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
समय राम्रो छ। चिताएका कामहरु पूरा होलान। वाणिमा संयमता अपनाउनु होला। कृषि तथा पशुपालन ब्यवसायीहरुको लागि उन्नती हुनेछ ।छाला तथा टाउको सम्बन्धि स्वास्थ्य समस्या हुनसक्छ । गणेश जि को स्मरण पुर्वक दिनको आरम्भ गर्नु शुभ मानिन्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिश्रित फलदाता दिन छ। विपरित लिङ्गका मित्रहरुसँग सहकार्य गरि काम गरेको राम्रो। शत्रुबाट जोगिएर चल्नुहोला। गाडी बाहन निजि साधनबाट चोटपटकको सम्भावना रहन्छ।प्रसासनिक काममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नम: यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
सरकारी कर्मचारी न्याय क्षेत्र र प्रशासन क्षेत्रमा मान सम्मान मिल्नेछ। निजी कार्य तथा व्यपार व्यवसायबाट घाटा हुनसक्छ ।वैदेशिक यात्राका लागि गरिएको पहल सफल हुनेछ। शुभ अंक४ शुभ रंग गुलावी शुभ दिशा उत्तर

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
भाग्यले साथ दिनेछ। रोकिएका कामहरु बन्नेछन।पारिवारिक सर सहयोगमा गरेको काम प्रगतिशील हुनेछ।पानी तथा दुग्ध व्यवसायीहरुलाइ आज निकै फाइदा हुनेछ ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आजको समय मिश्रित फलदाता हो। आय आर्जनमा राम्रै प्रगती होला। विश्वास गरेकाहरुले धोका दिन सक्छ्न।प्रसासनिक झमेला नहोला भन्न मिल्दैन। दिनको उत्तरार्धमा मनोरञ्जनात्मक कार्यमा सहभागी हुन पाइने छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
तपाँइको आज वैदेशिक क्षेत्र निक्कै फलदायी रहेको छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छ्न। वाणिमा भने संयमता अपनाएकै राम्रो ।मजदुर वर्गले आफ्नो हितमा कार्य प्रतिफल भएको पाउनु हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नम: यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।