उत्तराखण्डमा पहिरोमा परि ५ तीर्थयात्रीको मृत्यु

उत्तराखण्डमा पहिरोमा परि ५ तीर्थयात्रीको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। उत्तराखण्डको केदारनाथ जाने बाटोमा सोमबार राति पहिरो खसेको छ। भग्नावशेषमा पुरिएर पाँच तीर्थयात्रीको मृत्यु भएको छ भने कैयौं तीर्थयात्री घाइते भएका छन्। एसडीआरएफले मंगलबार बिहान भग्नावशेषबाट शव निकालेको थियो।

सो दुर्घटना सोनप्रयागभन्दा आधा किलोमिटर अगाडि गौरीकुण्ड नजिकै केदारनाथ फुटपाथमा भएको हो। मृत्यु हुनेमा नेपालका एक, मध्य प्रदेशका ३ र गुजरातका १ जना तीर्थयात्री रहेका छन्।

मृत्यु हुनेमा मध्य प्रदेशको धार निवासी गोपाल (५०), दुर्गाबाई खापर (५०), समनबाई (५०), गुजरातको सुरत निवासी ५२ वर्षीय भरतभाइ निरालाल र ७० वर्षीय तितलीदेवी मण्डल नेपालको रहेका छन्।