कोलकाता बलात्कार-हत्या प्रकरण: जुनियर डाक्टर काममा नफर्किने

कोलकाता बलात्कार-हत्या प्रकरण: जुनियर डाक्टर काममा नफर्किने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। अगस्ट ९ मा कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्याको विरोधमा जुनियर डाक्टरहरूको हडताल जारी छ। ९ सेप्टेम्बर आन्दोलनको एक महिना पूरा भएको छ।

सर्वोच्च अदालतले जुनियर चिकित्सकलाई मंगलबार साँझ ५ बजेसम्म काममा फर्किन अल्टिमेटम दिएको छ। तर जुनियर डाक्टरहरुले आफू र पीडितले न्याय नपाएको बताउँछन्। त्यसैले उनीहरु काममा फर्किने छैनन्।

यो आन्दोलन जनआन्दोलन हो भनेर सरकार र सर्वोच्च अदालतले बिर्सन नहुने चिकित्सकहरुले एक विज्ञप्तिमा बताएका छन्। सुनुवाइबाट हामी अत्यन्तै निराश छौं।

जुनियर डाक्टरहरूले प्रदेश स्वास्थ्य सचिवलाई पनि बर्खास्त गर्न माग गरेका छन्। यसका लागि उनीहरुले आज दिउँसो १ बजे करुणामयी (साल्टलेक) देखि स्वास्थ्य भवनसम्म पदयात्रा समेत गर्ने छन् ।