‘कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्नु’

‘कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्नु’

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा चाँदनी (कञ्चनपुर)। गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन्। “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ।”

प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए। “दुई÷तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भने, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ।” पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे। “दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस्।” 

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए। “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु। यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उनले भने। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो। घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन।