हमासद्वारा इजरायली बन्धकहरूलाई कफिनमा पठाउने धम्की

हमासद्वारा इजरायली बन्धकहरूलाई कफिनमा पठाउने धम्की

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। गाजामा इजरायली बन्धकहरूको शव फेला परेपछि हमासले इजरायललाई चेतावनी दिएको छ। हमासले इजरायली सेनाले दबाब दिन नछाडेमा बन्धकहरूलाई कफिनमा राखेर इजरायल पठाउने बताएको छ। हमासले धम्की दिँदै यसका लागि आफ्ना लडाकुहरूलाई आदेश दिइसकेको बताएको छ।

अल जजीराका अनुसार कासिम ब्रिगेडका प्रवक्ता अबु उबैदाले भने कि यदि इजरायली प्रधानमन्त्री नेतन्याहुले कुनै सम्झौता बिना सैन्य दबाब दिएर बन्धकहरूलाई मुक्त गर्ने प्रयास गरे भने हामी तिनीहरूलाई कफिनमा फिर्ता गर्नेछौं। अब निर्णय परिवारको हातमा छ कि उनीहरूले बन्धकहरूलाई जिउँदै फर्काउन चाहन्छन् वा उनीहरूको शव।

नेतान्याहुले भने–बन्धकहरुको टाउकोमा पछाडिबाट गोली हाने

हमासले नेतान्याहु र उनका सेनाहरू बन्धकहरूको मृत्युको लागि जिम्मेवार रहेको बताएको छ। हमासको सुरुङमा भेटिएका ६ जना बन्धकहरूलाई टाउकोमा पछाडिबाट गोली लागेको नेतान्याहुले बताएका छन्। इजरायली प्रधानमन्त्रीले बन्धकहरूलाई जीवित फिर्ता ल्याउन असफल भएकोमा देशसँग माफी मागेका छन्।

उनले भने, “हामी धेरै नजिक भयौं, तर असफल भयौं। यसका लागि हमासले ठूलो मूल्य चुकाउनुपर्नेछ।” हमासका एक वरिष्ठ अधिकारीले ती बन्धकहरूलाई इजरायली हवाई आक्रमणमा मारेको बताएका छन्। उही समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहुले बन्धकहरूलाई मुक्त गर्न पर्याप्त काम नगरेको बताएका छन्।