सार्वजनिक स्थलमा राष्ट्रपति: पहिलो दिन भक्तपुरमा

सार्वजनिक स्थलमा राष्ट्रपति: पहिलो दिन भक्तपुरमा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरको पुगेका छन्। 

राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्दा सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए। 

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग सम्वाद समेत गरेका थिए। सो क्रममा सर्वसाधरणले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताको ध्यानाकर्षण गराए। 

राष्ट्रपति पौडेलसँग सर्वसाधरणले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए। 

सो क्रममा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरीक्षण गरे।