जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ।

हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ। कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन्। यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन्।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छनभने प्रकाश अधिकारी उपमहासचिव चुनिएका छन्। मनिषकुमार सुमन पार्टीको प्रवक्ता बनेको जसपा पार्टी कार्यालयले जनाएको छ। त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त भएका छन्।

जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिएका छन्।