वि. सं २०८१ भाद्र ७ गते शुक्रबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ भाद्र ७ गते शुक्रबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि सं २०८१ भाद्र ७ गते शुक्रबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज साहसी प्रतिभा देखाउने दिन हो। खेलाडी योद्धा र सैन्य जवानहरुले लाभ लिन सक्नुहुनेछ । नयाँ सम्बन्ध तथा माया प्रेमको प्राप्ति हुनेछ। शत्रु वर्ग शरण पर्न आउनेछ्न। उध्योग र भुमि सम्बन्धी क्षेत्रमा लगानी गरे फाइदा होला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मध्यम खालको दिन रहेको छ। शत्रुहरु सकृय हुन सक्दछन। खनिज जन्य पदार्थको कारोबार गर्नु राम्रो मानिन्छ। विद्यार्थी वर्गहरुका लागि प्रगतिकारक समय रहेको छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिश्रित खालको दिन रहेको छ। दिनारम्भमा सामान्य झमेलाहरु आइलाग्न सक्छ्न। अपरान्ह पछाडी मंगलको प्रभावले नबनेको पुरानो काममा सफलता हात लाग्ला। गुमेको धन फिर्ता हुन सक्छ। पारिवारिक स्वास्थ्यमा भने खर्छ गर्नुपर्ने हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आर्थिक तथा कार्यगत हिसाबले दिन सामान्य नै बित्नेछ तर सुर्यको प्रभावले टाउको दुख्ने,मानसिक तनाव तथा परिवारमा झमेला होला कि? भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान। व्यवसायीक तथा प्रसासनिक काममा भने मंगलको प्रभावले सफलता मिल्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज रिस उठ्ने झर्को लाग्ने तथा मिथ्या आरोप लाग्ने जस्ता समस्या आउन सक्छ्न। मनलाइ नियन्त्रण गरि कार्य गर्न उचित देखिन्छ। कुकुर , बिषालु जनवार बाट बचेर चल्नु होला। विपरीत लिङ्गका मित्रहरुबाट विशेष सहयोग मिल्ला।दिनको उत्तरार्ध फलदायी रहेको छ।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आनन्दका साथ दिन बित्नेछ।शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला। अर्थ वाणिज्य क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ।घर परिवारको राम्रो सहयोग प्राप्त होला।वाणीको मधुरताले प्रभाव पार्न सकिनेछ। शुभ अंक ४ शुभ दिशा उत्तर इष्ट देवता गणेश शुभ रंग रातो

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
योजना विहिन दिनको पुर्वार्ध वित्न सक्छ। उत्तरार्धमा भने कुनै धार्मिक यात्रा तथा धार्मिक कार्यमा सहभागी हुन पाइने देखिन्छ। पति पत्नी अथवा विपरित लिङ्ग मित्रको सहकार्यमा मात्र काम बन्ने देखिन्छ। खर्चमा नियन्त्रण गर्न जरुरी छ। आय आर्जनको बाटोमा शत्रुको आँखा लाग्न सक्छ।गुरुदेवको कृपा , मान्यजनको आशिर्वाद बाटमात्र काम बन्न सक्छ। संकट मोचन हनुमानाष्टक पाठ गर्नु समाधान मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।