बझाङको टुमेडामा पहिरोमा परि चारजनाको मृत्यु, छजनाको जीवितै उद्धार

बझाङको टुमेडामा पहिरोमा परि चारजनाको मृत्यु, छजनाको जीवितै उद्धार

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी। अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिईन्।

गए राती गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उनले बताएकि हुन्। उनले भनिन्, “चारजनाको मृत्यु भएको र छजनाको उद्धार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं।”

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो। पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्धार गरिएको छ। वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ।